अन्तर्राष्ट्रिय

भारतमा बनेको खोकीको औषधीले १८ बालबालिकाको ज्यान लियो




काठमाण्डौ १४ पुस ।उज्बेकिस्तानले भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको ज्यान गएको दाबी गरेको छ । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले नोएडाको कम्पनी मेरियन बायोटेकले बनाएको झोल औषधी ’डक–१ म्याक्स’ खाएका १८ जना बालबालिकाको ज्यान गएको दाबी गरेको हो । यो औषधिमा परीक्षणका क्रममा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको पनि त्यहाँको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ । यस्तै, ती बालबालिकाले डाक्टरको प्रेसक्रिप्सन एवं सल्लाह बिना नै अधिक मात्रामा औषधि खाएको पनि उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले बालबालिकाको ज्यान गएको घटनाको छानबिन र अनुसन्धानका लागि उज्बेकिस्तानलाई सहयोग गर्ने जनाएको छ । यसअघि भारतमा बनाइएको खोकीको औषधि खाँदा अफ्रिकी देश गाम्बियामा ७० जना बालबालिकाको ज्यान गएको थियो ।

प्रकाशित : १४ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६