दाङ १५ पुस ।एनआईसी एसिया बैंक गढवा शाखामा व्यवसायीद्वारा गरेको तालाबन्दी खुलेको छ । बैंकले लिलाम बिक्रि गर्न लागेका सामान तत्कालका लागि रोक्ने र जेठ महिना देखिको हाल सम्मको बैंक ब्याज मिनाहा गर्ने विषयमा दुवै पक्ष विच सहमति भएको गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खीम वहादुर बुढाले जानकारी दिए ।बैंकको ज्यादति बिरुद्ध तालाबन्दी गरिएको हो । व्यवसायीको इच्छाविपरीत जबरजस्ती रुपमा बस्तुको मुल्यनिर्धारण गरि लिलाम प्रकृया अघि बढाएको बिरोधमा तालाबन्दी गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसालले बताए ।
एनआईसी बैंक राजपुर शाखाबाट गढवा निवासी रामदास यादवले तीन करोड कर्जा लिएका थिए । तर, बैंकले जग्गा र व्यवसाय लिलाम प्रकृयामा लगेपछी व्यवसाय सडकमा आएका हुन ।महाशक्ति इन्टरप्राइजेचको नाममा कर्जा थियो । तर, त्यो कर्जा उठाउन बैंकले व्यवसायीलाई मानसिक यातना दिएको आरोप छ । दाङ उद्योग बाणिज्य संघको अगुवाइमा जिल्लाभरका उद्योग बाणिज्य संघको सहभागीतमाा तालाबन्दी गरिएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताए ।
तीन करोड ३२ लाखको मुल्यांकन देखिन्छ । तर, तीन करोड १८ लाख कर्जा तिर्नुपर्ने देखिन्छ । जग्गा धितोबाट मुल्यांकन पुग्ने देखिँदा देखिदै पसल र गोदाममा बैंकले शिल गर्यो। भुसालले भने–लिलाम गर्दा सामानको स्थानीय मुल्यांकन गरिएन, हचुवाको भरमा सामान बिक्री गर्न थालियो । सुरुमा एक करोड लगानी गरेको व्यवसायीलाई पछि थप दुई करोड कर्जा लगानी गरिएको थियो । कर्जा लगानी गर्दा पनि बैंकले बदमासी गरेको आरोप छ । लिलाम भएको सामान लोड गर्ने बेलामा व्यवसायीले रोकेका थिए ।
१५ पुस २०७९, शुक्रबार
प्रतिक्रिया