कपिलवस्तु १४ पुस ।तराईमा बढेको सितलहरका कारण दैनिक ज्यालामजदुरी गर्नेहरु मारमा परेका छन् । उनीहरुले काम गरेर कमाएर खान मात्र होइन रातीमा सुतेर रात कटाउन समेत समस्यामा परेकाछन् ।वढेको चिसोमा न्यानो विस्ताराको अभावमा यस्तो भएको हो ।तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि कपिलवस्तु , दाङ , बाँके लगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ ।
बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ । सडकमा सवारीसाधन न्यून चलेका छन् ।नेपालगञ्जमा बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय रामसुहावन यादवले बताए । चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले काम गर्न जान नपाएको बाँकेको डुडुवा गाउँपलिका–४ का रामदिन गोडियाले बताए । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् ।चिसोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन् । चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन् ।
प्रतिक्रिया