प्रदेश

लुम्बिनी फलफुल, तरकारी थोक व्यवसायी संघद्वारा सुस्तमनस्थितिमा सहयोग



बुटवल १५ पुष । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघले १६ औ वार्षिक साधारण सभा तथा छैठौ अधिवेसनको अवसर पारेर सुस्तमनःस्थिति बाल विद्या मन्दीरमा सहयोग गरेको छ । विहिबार एक कार्यक्रममको आयोजना गरी सुस्तमनःस्थिीती बाल विद्या मन्दीरमा स्टेशनरी, फलफुल तथा जिन्सी समान सहयोग गरेको हो ।
संघका अध्यक्ष बाबुराम भुषाल, संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष गोपाल भुषाल, ब बरिष्ठ उपाध्यक्ष मोह्मद याकुव, महासचिव मेघनाथ पौडेल, सचिव मोह्मद अनिष राईन, कोषाध्यक्ष मनिष बर्णवाल लगायतको सहभागीतामा सुस्तमननःस्थिति विद्या मन्दीरका अध्यक्ष लोकनाथ भुषाल मार्फत विद्यार्थीहरुलाई उक्त सामाग्री प्रदान गरिएको हो ।
विद्या मन्दीरका कोषाध्यक्ष चन्द्रमान श्रेष्ठ, सदस्य खेम प्रसाद गौतम, शेर बहादुर गौतम, प्रधानाध्यापक मिना भुषाल पाठक सुमित्रा टण्डन क्षेत्री लगायतकको सहभागीतमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिका अध्यक्ष बाबुराम भुषालले आगामी दिनमा पनि संस्थाले नियमित रुपमा सहयोग गर्ने बताए ।

प्रकाशित : १५ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६