जीवनशैली

कालिका पथमा ‘सडक खाना महोत्सव’



बुटवल १५ पुष । रात्रिकालिन बजार बनाउनका लागि विगतदेखि चर्चा हुँदै आएको बुटवलको कालिका पाथमा शुक्रबारदेखि ‘सडक खाना महोत्वस’ सञ्चालन हुने भएको छ । होटल व्यसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा चौथो कडक खाना महोत्सव आयोजना हुने भएको हो । ‘सडकमै खाऔ, सडकमै रमाऔ, नाचौ, गाऔ’ भन्ने नारासहित अँग्रेजी नयाँ वर्ष डिसेम्बर फर्स्टको अवसर पारी बुटवलमा शुक्रबार साँझदेखि ३ दिने सडक खाना महोत्सव हुने भएको हो ।
होटल व्यवसायी संघ रुपन्देहीले यही पुस १५, १६ र १७ गते कालिका पाथमा फुड फेस्टिभल गर्न लागेको हो । पर्यटनको सम्भावनालाई पहिचान गरी लुम्बिनी प्रदेशमा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत ल्याउने गरी कार्यक्रम गर्न लागेको संघका अध्यक्ष रामप्रसाद गौतमले बताए । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले २०७५ सालमा पहिलोपटक र २०७६ सालमा दोस्रोपटक बुटवलमा सडक खाना महोत्सव आयोजना गरेको थियो । स्थलको अभाव र कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बुटवलमा सडक खाना महोत्सव गर्न नसकेको उनले बताए । पछिल्लो वर्ष संघले बुटवलकै हिलपार्कमा खाना महोत्सव गरेको थियो ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा सडक खाना महोत्सव महत्वपूर्ण पाटोको रुपमा रहेको उनले बताए । बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्मको कालिकापथमा सडक खाना महोत्सव हुने उनले बताए । महोत्सवमा विभिन्न जातीय परिकार प्रदर्शनीमा राखिनेछ । तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा एक लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । करिब एक सय वटा स्टल फुड फेस्टिभलमा रहने छन् । संघका अध्यक्ष गौतमका अनुसार महोत्सवबारे आवश्यक तयारी पूरा भएको बताए । हरेक वर्षहरुमा गर्दै आएको सडक खाना महोत्सवलाई यसपटक अझ ब्यवस्थित र उत्कृष्ट बनाउने योजनासहित अघि बढेको उनले बताए । खानाका परिकार, संस्कृति, स्थानीय डिजे ब्याण्डदेखि राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा सँस्कृतिक कार्यक्रम समेत गरिने संघका महासचिव माधवकुमार खनालले बताए । करिब २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको महोत्सवमा १ करोडको कारोबार हुने उनले दाबी गरे । महोत्सवमा प्रवेश निःशुल्क ब्यवस्था गरिएको छ ।

प्रकाशित : १५ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६