जीवनशैली

गुल्मीमा भुस्याहा कुकुरको आतङ्क, स्थानीय हैरान



तम्घास १५ पुस । गुल्मीको मुख्य सडक र बजारमा भुस्याहा कुकुरको आतङ्क मच्चिएको छ । केही महिना शान्त रहेको तम्घासमा पुनः भुस्याहा कुकुरको आतङ्क मच्चिँदा नियन्त्रण र व्यवस्थापन गर्न सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
बजारका मुख्य सडकमा भुस्याहा कुकुरको आतङ्कले सडक दुर्घटना निम्त्याउने अर्को खतरा छ । बजारमा भुस्याहा कुकरको आतङ्कले गर्दा विद्यालय हिँड्ने ससाना बालकहरुलाई झम्टने र टोक्ने समस्या पनि बढ्दैगएको स्थानीयको गुनासो छ ।
रातको समयमा पनि भुस्याहा कुकुरहरु भुक्ने समस्याले गर्दा राम्रोसँग सुत्न पनि नपाइने गरेको उपल्लो तम्घासकी बिन्दु पन्थी मरासिनीले बताउनुभयो । उहाँले स्कुल जाने विद्यार्थी र सडकमा हिँडडुल गर्नसमेत समस्या भएकाले यसको व्यवस्थापन र नियन्त्रण गर्नमा सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
बिहानीको समयमा मर्निङवाक गर्न हिँड्दा र बाइक चलाएर बजार हिँड्न सक्ने अवस्था नरहेको स्थानीय व्यापारी जनक पन्तले बताउनुभयो । विद्यालय जाँदा पैदल यात्रा गरेर जाने साना बालबालिकाहरु बढी जोखिममा रहेकाले नगरपालिकाले तत्काल समस्याको समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।
नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले भुस्याहा कुकुरको व्यवस्थापन गर्ने काम नगरपालिकाको भएकाले नगरपालिकाले बढी चासो देखाउनुपर्ने बताउनुभयो ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सदरमुकाममा भुस्याहा कुकुरको समस्या अत्यधिक भएकाले नगरसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । आफूहरुको कार्यक्षेत्रभित्र यो कार्य नपर्ने भएकाले यसलाई समाधान गर्नका लागि तत्काल आफूले पहल गर्ने उहाँले बताउनुभयो ।
यता रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले भुस्याहा कुकुरको समस्यालाई समाधान गर्न आफूहरुले योजना बनाएको बताएउनुभयो । प्रजिअ पन्थीले गुनासो आफूसमक्ष पनि आएको र समस्या समाधान गर्ने पहल भइरहेको बताउनुभयो ।

प्रकाशित : १५ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६