प्रदेश

कपिलवस्तुमा नीलगाई मार्ने तीन जना पक्राउ



कपिलवस्तु, १६ पुस ।
कपिलवस्तुमा नीलगाई​ मार्ने तीन जना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई​ मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

सीमा प्रहरी चौकी, मर्यादपुरको टोलीले निल गाईको मासुसहित पक्राउ परेका तीन जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाएको छ । निल गाई मारेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले नदीको बगरमा भागबन्डा गर्दै गरेको अवस्थाको निल गाईको खुर भएको दुई वटा खुट्टासहितको १२ किलो मासुसहित तीन जनालाई नियन्त्रणमा लिएर वनलाई बुझाएको सव वन डिभिजन कार्यालय चेतरादेहीका सहायक वन अधिकृत प्रेमीलालप्रसाद शाहले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएकामा जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरका ३२ वर्षीय जमिलअहमद चौधरी मुसलमान, महाराजगंज वडा नम्बर २ पडरियाका ३८ वर्षीय नसरुल्लाह मुसलमान र सोही स्थानका २१ वर्षीय मोहम्मद ईमरान मुसलमान रहेको जनाइएको छ । नियन्त्रणमा लिएका व्यक्तिलाई वन्यजन्तु सम्बन्धी ऐन अनुसारको मुद्दा चलाई थप अनुसन्धान गरिने सहायक वन अधिकृत शाहले जानकारी दिए ।

प्रकाशित : १६ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६