प्रदेश

सरकारमा नहुँदैमा आत्तिनु हुदैन, सुधार गरेर जानुपर्छः नेता खाँण




रुपन्देही, १६ पुस ।
बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको बताएका छन् । कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तर्राष्ट्रिय प्रभावले आफूहरूलाई प्रतिकुलतामा पुराएको उनले बताए ।

बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले आज मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले पार्टीलाई एउटा सुढृण र सक्षम राजनीतिक शक्तिमा रूपान्तरण गर्ने बताए। उनले सरकारमा नहुँदैमा आत्तिनु नहुने बरु सुधार गरेर जानुपर्ने बताए । उनले भने नीति र सिद्धान्तमा केहि कमी छैन,रणनीतिगत हिसाबले कहाँ चुक्यौँ समीक्षा गर्न भने जरुरी छ ।’

उनले मुलुकलाई निकास दिएर, संविधान बचाउन, लोकतान्त्रिक मूल्य पद्धतिलाई झन् बलियो बनाउँदै जनताको हक अधिकारलाई अगाडि बढाउन कांग्रेसले अरु दलसँग हातेमालो गरेको जिकिर गरे । सो अवसरमा नेता खाँणले बिपी बाटिकामा बनाइएको बिपी कोइरालाको अर्ध कदको शालिम समेत अनावरण गरेका छन्।

बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलका सभापति युवराज गिरीले प्रतिष्ठानलाई अनुसन्धान केन्द्र बनाइने बताए। कार्यक्रममा कांग्रेस नेताहरू रामकृष्ण खाँण, खेलराज पाण्डेय, फर्सुराम ढकाल, रामप्रसाद खनाल, बिमलराज भट्टराई, बालकुमारी भण्डारी, खिमानन्द भट्टराई लगायतले बोल्दै बिपी कोइरालाले ल्याएको मेलमिलापको नीति आजको दिनमा पनि सान्दर्भिक रहेको बताएका थिए।

प्रकाशित : १६ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६