कृषि

अर्घाखाँची जिल्ला को एउटा गाउँ सिम्ले बाट मात्रै ३ करोड भन्दा माथी सुन्तला उत्पादन



माधब पौडेल , अर्घाखाँची
अर्घखाँची जिल्लाको सुन्तला पकेट क्षेत्र भनेर चिनिने पाणिनी गाउँपालिका पणेना १ सिम्ले का किसान हरु लाई यति बेला सुन्तला टिपेर बजार पुर्याउन भ्याइ नभ्याइ छ। ।यहाँका प्रत्येक सुन्तला किसान ले बार्षिक न्यूनतम ५० हजार देखि २२ लाख सम्म को सुन्तला बिक्री गर्ने गर्दछन् ।
यश बर्ष पणेना १ बाट मात्रै ५ करोड भन्दा माथी को सुन्तला उत्पादन हुने अनुमान गरिएको छ भने सिम्ले गाउँ बाट मात्रै ३ करोड भन्दा माथी को सुन्तला उत्पादन हुने अनुमान गरिएको छ्।

यस गाउँ मा सुरुमा सुन्तला को बिरुवा ल्याउने स्वर्गीय निलाराज पौडेल हुन् पछि २०५१ साल मा परम्परागत खेती गहुँ , जौ,तोरी मकै हुने बारी मा नै सुन्तला लगाउने आफू भएको कृषक मोहन पौडेल बताउँछन् ।
परम्परागत खेती बाट बार्षिक पचास हजार को आम्दानी नगर्ने यहां का किसान ले अहिले लाखौं को सुन्तला उत्पादन गरेका छन्
यस वर्ष पन्ध्र लाख को सुन्तला बेच्ने विष्णु माया पाण्डे ले बिदेसिएका युवा युवती लाई आफ्नै देश मा मेहेनत गर्न सल्लाह दिन्छिन् ।

यहाको सुन्तला को स्वाद फरक छ भने यहाको सुन्तला बुटवल,पाल्पा ,भैरहवा ,चितवन , काठमाडौं,पोखरा लगायतका का सहरहरू निर्यात भइरहेको
कृषक नारायण पौडेल बताउछ्न ।

सिम्ले को सुन्तला बगैंचा हेर्न को लागि आन्तरिक पर्यटन समेत आउने गरेका छन् ।अर्घाखाँची मा गत वर्ष २४ करोड बराबर को सुन्तला उत्पादन भएको थियो भने अहिले उत्पादन मा वृद्धि हुने अनुमान गरिएको
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अर्घाखाँची प्रमुख राम नाथ पाण्डे बताउँछ्न ।

विशेष गरी सुन्तला किसानहरू को बाजार लाई मध्यनजर राखी लुम्बिनी प्रदेश सरकार को करीब तीन करोड लगानी र श्री शिवशक्ति मिर्षित कृषक समुह को सक्रियता मा तीन सय मेट्रिक टन क्षमताको चिस्यानकेन्द्र निर्माण गरिएको छ।
यो ठाउँ जेली , जाम,वाइन,लगायत का वस्तुहरूको सम्भावना भएको र कोल्ड स्टोर सञ्चालन का लागि सरकार संग त्यहाका किसान ले बजेटको अपेक्षा राखेका
कृषक हरी प्रसाद पौडेल बताउछ्न।
सिम्ले का करिब ४५ घर परिवार ब्यबसायिक रुप मा सुन्तला खेती मा लागेका छ्न । देश मा के हि अबसर नभएर दैनिक लाखौ को संख्या मा बिदेसिन बाध्यता छ भनिरहदा यहाका किसान हरु लाई भने जापान अमेरिका गएर कमाउने कमाइ यहि कमाइ रहेका छ्न ।

प्रकाशित : १६ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६