खोज–अनुसन्धान

लुम्विनी प्रदेश सभा सदस्यको सपथको यस्तो छ अन्तिम तयारी




भालुवाङ १६ पुस । लुम्बिनी प्रदेशका सांसदको शपथ ग्रहणको तयारी पूरा भएको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ । पुस १७ गते आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङको नवनिर्मित प्रदेश सभा भवनमा नव निर्वाचित प्रदेश सांसदलाई शपथ ग्रहण गराउन लागिएको हो ।प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनका अनुसार आइतबार दिउँसो १ बजेका लागि शपथ ग्रहण कार्यक्रम राखिएको छ । नव निर्वाचित सांसदलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने छन् ।
लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट राजधानी राप्ती उपत्यका देउखुरी दाङमा स्थानान्तण भएसँगै लुम्बिनी प्रदेश सरकार र संसद सचिवालय लगायतको कार्यालयबाट हुने सबै कामकाज देउखुरीबाटै सञ्चालन भएका छन् ।प्रदेश प्रमुखको कार्यालय स्थान्तरण भइनसकेको र स्थायी राजधानीमा प्रदेश प्रमुखको कार्यालय निर्माण नभएका कारण प्रदेश सभा भवनबाट शपथ ग्रहण गराउन लागिएको हो । यसैवीच लुम्बिनी प्रदेशसभाको प्रथम अधिधेसन पुस १८ गतेका लागि आव्हान गरिएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका ९देउखुरी० दाङमा निर्माण भएको नवनिर्मित भवनमा प्रदेशको पहिलो अबिधेशन बस्न लागेको हो ।
लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य रहेका छन् । जसमध्ये ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिकबाट निर्वार्चित भएका हुन । पहिलो अबिधेसन १८ गते १ बजे बस्नेछ । पहिलो संसद बैठकको अध्यक्षता प्रदेश सांसद डिल्लीराज भुसालले गर्ने छन् । निर्वाचन आयोगले संसद सचिवालयमा पठाएको प्रदेश सांसदको विवरणअनुसार गुल्मी निर्वाचन क्षेत्र नम्बर २ ९२० बाट निर्वाचित प्रदेश सांसद भुसाल ज्येष्ठ रहेकाले उनकै अध्यक्षतामा प्रदेश संसदको पहिलो बैठक बस्ने भएको संसद सचिवालयका सचिव दुर्लभ पुनले जानकारी दिए ।
मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार हुने प्रदेश सांसदको शपथको तयारीबारे स्थलगत अवलोकन समेत गरेका छन् । आफै स्वयम खटेर प्रदेश सभा भवन निर्माणमा सक्रियता देखाएका मुख्यमन्त्री केसीले शपथ ग्रहणका लागि आवश्यक तयारी आफुले पूरा भएको पाएको बताएका छन् ।प्रदेशका १२ वटै जिल्लाबाट नव निर्वाचित प्रदेश सांसदहरु देउखुरी आउन थालेका छन् । सांसदहरुले नवनिर्मित भवन अवलोकन साथै मन्त्रालयको कार्यालयलगायत प्रदेश संंरचनाको बारेमा स्थलगत जानकारी लिइरहेका छन् ।

प्रकाशित : १६ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६