अर्थ-वाणिज्य

लुम्विनी प्रदेश मै कपिलवस्तुमा संचार क्षेत्रको विकास अब्बल :सांसद अधिकारी




बिकास थापा
कपिलवस्तु १७ पुस ।कपिलवस्तु आर्थिक र सामाजिक विकासमा पछि परेपनि संचार क्षेत्रको विकासमा भने लुम्विनी प्रदेशका १२ जिल्लामा सबैभन्दा अब्बल रहेको प्रतिनिधस्ी सभा सदस्य बलराम अधिकारीले वताउनु भएकोछ । उहाले सञ्चार नभए राम्रा कामहरु र उद्देश्यहरु पछि पर्नेे बताउनुभयो । सञ्चार र प्रचार नभए राम्रा हुने कुराहरु पनि नहुने अवस्थामा पुग्ने उहाको भनाई छ । कपिलवस्तु सञ्चार सहकारी संस्था लिमिटेडको १४ औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै अहिलेको माग र आवश्यकता अनुसार मिडियालाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद अधिकारीले बुद्ध आवाज टेलिभिजन र रेडियोले राज्यका हरेक निकायमा सम्पर्क समन्वय र सहकार्य गरि मिडियालाइ बलियो संस्थाको रुपमा स्थापित गरेको बताउनुभयो ।संस्थालाई दिगो रुपमा सञ्चालन गर्नका लागि स्थायी श्रोतको खोजी गर्न आवश्यक रहेको पनि उहाको भनाई रहेको छ । यस्तै कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार पूर्व मन्त्री एवम पूर्ब राजदुत दिपकुमार उपाध्यायले जनताहरु मालिक भएको भन्दै जनतालाई सुशुचित गर्ने गरि मिडिया लाग्नुपर्नेमा जोड दिनुभयो । सामाजिक रुपान्तरणमा जोड दिदै राजनितिक बिषयहरुलाई सकारात्मक सन्देश दिने गरि मिडियाहरुमा छलफल मुलक कार्यक्रमलाई अघि बढाउन सुझाब समेत दिनुभयो ।


कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष मित्रलाल शर्माले बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै रेडियो र टेलिभिजनको प्रशारणहरुलाई थप गुणस्तरीय बनाउन जोड दिईने स्पष्ट पार्नूभयो । यस्तै उहाले टेलिभिजनलाई स्याटलाईट प्रबिधिमा लैजान सम्भाब्यता अध्ययन गरिने बताउदै समुदायका आर्थिक समृद्धिका योजनाहरुलाई प्रबर्धन गर्न जोड दिईने बताउनुभयो ।कार्यक्रममा संस्थाका महासचिब सरोज खनालले २०७८ सालको तेह्रौ साधारण सभा देखी हालसम्म सम्पन्न गरेका कार्य विवरण र प्राप्त गरेका मूख्य प्रगतिहरुलाई सबैसमक्ष बार्षिक प्रतिबेदन स्वारुप प्रस्तुत गर्नुभयो । यसैगरि कार्र्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक खिमानन्द पौडेल कोपिलले आम्दानी तथा खर्चको ब्यवस्थापनको अवस्था , अनुगमन सुझाबहरुको कार्यान्वयनको अवस्था लगाएतका बिषयबस्तुहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा स्थानिय निर्वाचन ,प्रदेश सभा , प्रतिनिधि सभा राष्ट्रिय सभा निर्वाचित भएका जनप्रतिनिधीलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य बिष्णु पन्थी , संविधान सभा सदस्य ,बिश्राम प्रसाद चौधरी ,बाणगंगा नगरपालिका मेयर चक्रपाणी अर्याल ,प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भूषाल ,जिल्ला बचत तथा सहकारी संघका जिल्ला अध्यक्ष गुणानिधि भूषाल ,संस्थाका पूर्ब अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, सल्लाहकार डम्मर शर्मा लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।


संस्थाका बरिष्ठ उपाध्यक्ष राजेश ज्ञवालीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन ब्यवस्थापक भेषराज पाण्डेले गर्नुभएको थियो । कपिलवस्तु सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सामुदायिक रेडियो बुद्ध आवाज र सामुदायिक टेलिभिजन बुद्ध आवाज सञ्चालनमा रहेका छन ।सहकारीमा २८५ जना शेयर सदस्य रहेका छन् ।

प्रकाशित : १७ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६