प्रदेश

पोखरालाई पर्यटकको केन्द्रको रूपका विकास गर्न विमानस्थलको सदुपयोग गर्नुपर्छः अर्थमन्त्री पौडेल




पोखरा, १७ पुस । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज आइतवार विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री पौडेलले विमानस्थलको सही र भरपुर सदुपयोग गरेर पोखरालाई पर्यटकको केन्द्रको रूपका विकास गर्न लाग्नुपर्ने बताउनुभएको हो । उहाँले विमानस्थललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो विमानस्थलको सही र भरपुर सदुपयोग गर्नुपर्नेछ । त्यसका लागि प्रभावकारी कदम चाल्न नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गर्दछु । यो विमानस्थलको सहयोगका लागि आवश्यक सबै काम गर्ने विश्वास दिलाउन चाहन्छु ।’

अर्थमन्त्री पौडेलले विमानस्थलको निर्माणमा योगदान पुर्‍याएको भदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वपर्यटनमन्त्री स्व. रविन्द्र अधिकारीको स्मरण गर्नुभएको थियो । एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री पौडेलले देशलाई राजनीतिक स्थायित्व दिइ सुशासनको बाटोमा अघि बढाउन सरकार लागिपर्ने आश्वासनसमेत दिनुभयो । कार्यक्रममा बोल्दै उहाँले देशको अर्थतन्त्रलाई लयमा फर्काउने काममा आफूहरू सफल हुने दाबी पनि गर्नुभयो ।

प्रकाशित : १७ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६