प्रदेश

कृष्णनगर नगरपालिकामा मिलेमतोमा नदी निकासीको ठेक्का

४५ लाखमा गएको ठेक्का २३ लाखमा उपमेयरका पतिलाई



कपिलवस्तु, १७ पुस ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा मिलोमतोमा नदी जन्य पदार्थ निकासीको ठेक्का भएको छ । नगरपालिकाले सुहरी नदीमा लगाएको निकासीको ठेक्का सेटिङ मिलाएर नगर उपप्रमुखको श्रीमानले लिएका छन् ।
मङ्सिर २६प्रकाशन भएको सूचनामा न्यूनतम २३ लाख २९ हजार १४० रुपैयाँ रहेको छ । ठेक्का पाएको आर.के. निर्माण सेवाले २६ लाख९७ हजार ५५ रुपैयाँमा सदर भएको छ । २०७६ सालमा यही खोलामा ४५ लाख ५१ हजार १५१ रुपैयाँमा ठेक्का लागेको थियो ।
ठेक्का पाएको कम्पनी नगरपालिकाका उपमेयर आरतीदेवी चौधरीका पति भरत किशोर चौधरीको रहेको नाम नखुलाउने सर्तमा एक वडा अध्यक्षले बताए । भरतले टेन्डर हाल्न गएका अरु ठेकेदारलाई कमिसन बाँडेर नियम पुराउन ४ ओटा फारम मात्र पेस गरेको दाबी गरिएको छ । तर भरतले कम्पनी आफ्नो नभएको दाबी गर्छन । आफ्नो भजित राकेश चौधरीको कम्पनीले ठेक्का पाएको उनले बताए । कृष्णनगर बजार नजिक डेवरामा पेट्रोल पम्प चलाउँदै आएका राकेश र भरतको परिवार संयुक्त परिवार रहेको स्रोतले बताउछ ।

तिन वर्ष देखि सेटिङ मिलाएर खोलाको ठेक्का
नगरपालिकाको सुरही खोलाको टेण्डर विगत ३ वर्ष देखि सेटिङ मिलाएर हुने गरेको स्थानीय पत्रकार सहवाज खानले बताए । ०७७/०७८ सालमा सोही खोला राजन निर्माण सेवाले ९५ लाखमा कवोल गरिएको थियो । गत वर्ष नगरपालिकाको कर्मचारीको समूहको गोप्य लगानी र त्यो भन्दा अघिल्लो वर्ष पालिकाको कार्यपालिका सदस्यको टिमले लिएको खानले बताए । पालिका सँग सूचना माग्दा समेत नदिने गरेको खानको आरोप रहेको छ ।

तर नगरप्रमुख रजत प्रताप शाहले कुनै प्रकार मिलेमतो नभएको दाबी गर्छन । अघिल्लो वर्ष भन्दा कवोल रकम बढेको उनले बताए । पालिकाले सूचना निकाले पछि २० भन्दा धेरै ठेकेदारटेन्डर हाल्न इच्छुक रहेको स्रोतले बताउँछ । अन्तिम समयमा ४ ओटा फारम पेस गरिएको थियो । उपमेयर आरतीदेवी चौधरी अनुगमन समितिको संयोजक हुने भए पछि तोकिएको मापदण्ड भन्दा बढी निकाल्दा सजिलो हुने भए पछि ठेकेदार पक्ष मिलेका बताइएको छ ।

नगरपालिकाका इन्जिनियर प्रदीप चौधरी ठेक्का पाउने कम्पनी र जनप्रतिनिधिको नाताको विषयमा आफू जानकार नभएको बताए । बाहिर के भयो थाहा छैन तर नगरपालिकाले नियम पुराएर टेण्डर गराएको चौधरी दाबी रहेको छ । उहाँले करिब ८ ओटा फारम बिकी भएको बताए । जस मध्ये ४ ओटा फर्मले मात्र बोलपत्र हालेको छ ।

प्रकाशित : १७ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६