खोज–अनुसन्धान

लुम्विनीको सबै भन्दा ठूलो दल एमालेले मुख्यमन्त्री नपाउने भन्न सुहाउदैन :महासचिव पोखरेल




दाङ १७ पुस ।नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताएका छन्। लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शथपग्रहण समारोहमा सहभागी संस्थापक मुख्यमन्त्रीसमेत पोखरेलले एमाले ठूलो पार्टी भएकाले अन्य दलहरूले नेतृत्व सुम्पिनेमा विश्वस्त रहेको बताए। जहाजुनदल ठूलो त त्यसलाई नदिएर सानो दललाई दिनु न्याय संगत र तर्क संगत दुबैहुदैन महासचिवले भने ।
स्वाभाविक रुपमा अन्य दलहरूले जहाँ जसको स्टेट त्यहाँ त्यसलाई नेतृत्वको जिम्मा सुम्पनु हुन्छ भन्ने म ठान्छु यद्यपि हामी छलफल गर्न बाँकी छु, उनले सञ्चारकर्मीसँग भने, छलफलपछि एउटा निष्कर्ष निक्लेला तर पनि राजनीतिक दलहरूको स्टेटका आधारमै नेतृत्वको प्रश्न निरुपन होला भन्ने म ठान्छु। केन्द्रमा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनेको छ। तर प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने अझै टुङ्गिएको छैन।

प्रकाशित : १७ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६