अर्थ-वाणिज्य

सामाजिक अपराध नियन्त्रणमा प्रहरी आक्रमक बन्न निर्देशन




नारद कोहार
कपिलवस्तु १८ पुस ।लुम्बिनी प्रदेशका प्रहरी नायव उपरीक्षक नल प्रसाद उपाध्यायले प्रहरीलाई सामाजिक अपराध नियन्त्रण गर्न निर्देशन दिनुभएको छ । पछिल्लो समय समाजमा बढेको विभिन्न अपराधिक गतिविधीले गर्दा समाजमा नकरात्मक असर परेको हुदाँ प्रहरीहरु निशपक्ष भएर नागरिकको सेवामा सर्मपित हुन प्रहरी नायव उपरीक्षक उपाध्यायले आग्रह गर्नुभयो । कपिलवस्तुको गणेशपुरमा रहेको ईलाका प्रहरी कार्यालयको नव निर्मित कार्यालय भवन उदघाटन गर्दे उपाध्ययले प्रहरी नेता भन्दा नागरिकको पक्षमा हुनु पर्ने बताउनुभयो ।भवनको उदघाटन गर्दै उहाँले नयाँ भवन निर्माण संगै आम नागरीकलाई दिने सेवा प्रवाहमा प्रहरीलाई थप उर्जा र हौसला मिल्ने विश्वास ब्यक्त गर्नुभयो । हरेक नागरिकको सुरक्षामा खटिने प्रहरी आफैमा असुरक्षित रहेमा आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउन नसक्ने हुँदा प्रहरीको गाँस बास र कपासमा सरकारले विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रम बोल्दै कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले नेपाल प्रहरीलाई भौतिक रुपमा समृद्ध बनाउने उदेश्यले सरकारको नियमित बजेटबाट भवन निर्माण भएको बताउनुभयो । नवनिर्मित भवनले जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवा प्रवाह गर्न सहज बनाउनको साथै आवासको सुविधाले थप हौसला प्रदान गरेको सहायक प्रजिअ पौडेलले बताउनु्भयो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरूलाई भौतिक सुविधा सम्पन्न यस्ता भवनले थप मनोबल बढ्ने बताउनुभयो । सुविधा सम्पन्न भवन प्राप्त भएसँगै जोश र ऊर्जाका साथ नागरिकहरूको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनु भएको थियो ।
कार्यक्रम सम्बोधन गर्दै विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौँ नागरिक सुरक्षित हुने बताउनु भयो । नवनिर्मित भवन लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट २ करोड ३६ लाख ४४ हजार २ सय ४२ रुपैयाँ लागतमा २ तले कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।

प्रकाशित : १८ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६