अर्थ-वाणिज्य

भर्जिन ल्याण्डमा प्रदेश स्थापना भयो अव प्रदेशको औचित्य पुष्टि गर्नुपर्छ: महासचिव पोखरेल




दाङ १८ पुस । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमालेका महासचिव शकर पोख्रेलले लुम्बिनी प्रदेशले ‘भर्जिन ल्याण्ड’ मा प्रदेशको मुकाम संचालन भएकोमा खुशी व्यक्त गरेका छन् । उनले अन्य प्रदेशले संघिय सरकारले तोकेको स्थानमै प्रदेशको राजधानी कार्यान्वयनमा ल्याएको तर लुम्बिनी प्रदेशले भने प्रदेशका जनताको हितमा रहेर नयाँ क्षेत्रबाट कार्यसम्पादन गरेकोमा हर्सित भएको बताए ।त्यस्तै लुम्बिनी प्रदेशको राजधानीलाई सुन्दर, व्यवस्थीत राजधानी बनाउने परिकल्पना गरे अनुसार बनाउन सकेमा प्रदेशसभा कोसे ढुंगा सावित हुने उनको भनाइ छ । साथै लुम्बिनी प्रदेशको राजधानीलाई नमुना बनाउन सकेमा प्रदेश सभा दाङमा रहनुको अर्थ राख्ने उनको जिकिर छ ।
त्यस्तै संस्थापक मुख्यमन्त्रीको हैसियतले धेरै कुराको जंग बसाल्नु भएको थियो, अब चाही के गर्नुपर्छ भन्ने सुभेच्छा छ रु भनेर पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै पोख्रेलले प्रदेशको औचित्यमाथि प्रश्न खडा भएको छ, त्यो चिजलाई जनभावना अनुसार प्रदेशलाई स्थापित गर्न स्वाभाविक रुपमा दोस्रो कार्यकालको अभिभारा हो भन्ने मलाई लाग्छ ।
्किनकी हामीले संविधानबाट जे अधिकार पाएका हुन्छौं, केन्द्र, प्रदेश, स्थानीय तहको अधिकारहरुको यथोचित बाडफाड गर्नु र त्यसको अभ्यास गर्नु निकै नै ठूलो चुनौती थियो । त्यो आधारभुत चुनौती पहिलो कार्यकालमा अगाडी बढेको छ । त्यसको जंगमा औचित्य पुष्टी गर्ने काम दोस्रो कार्यकालको महत्वपूर्ण पक्ष भएको उनले बताए ।साथै अधिकारका लागि तानातान गर्ने कुरा लगभग टुंगी सकेको बताउदै उनले केही कुराहरु मात्रै बाँकी रहेको उनको अभिव्यक्ति थियो।

प्रकाशित : १८ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६