प्रदेश

उद्योग ब्यापार संघ कपिलवस्तुले मंगलवार कर प्रशिक्षण कार्यक्रम गर्दै



कपिलवस्तु, १८ पुस । उद्योग ब्यापार संघ कपिलवस्तुले मंगलवार (भोलि) कर प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । ब्यापारी ब्यवसायीमा अझै पनि कर सम्बन्धि धेरै द्धिविधा रहेका कारण उनीहरुलाई कर सम्बन्धि जानकारी दिन विज्ञहरुको सहभागितामा संघले कार्यक्रम गर्ने भएको हो ।

पिस हिमालय रिसोर्ट ठाकुरापुरमा विहान ११ बजे आयोजना हुने कार्यक्रममा कर शिक्षा, प्रशिक्षण र अन्तरक्रिया गर्ने र ब्यवसायीले नबुझेको मिस म्याच लगायतका बारेमा जानकारी दिइने संघका जिल्ला अध्यक्ष हुमानाथ पौडेलले बताए ।

आन्तरिक राजस्व कार्यालय, कर सेवा केन्द्र तथा घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाको सहकार्यमा हुने कार्यक्रम महत्वपूर्ण भएकाले अनिवार्य सहभागिताको लागि उद्योग ब्यापार महासंघ लुम्बिनी प्रदेशका उप महासचिव खिमानन्द पौडेल (कोपिल) को आग्रह छ ।

महासंघका केन्द्रिय सदस्य टोपनारायण बेलबासेले महासंघ साना र पीडामा रहेका ब्यवसायीको पक्षमा काम गर्ने संस्था भएकाले अगामी दिनमा थप जनचेतनामुलक कार्यक्रम गरिने बताए ।

उद्योग वाणिज्य महासंघ ठुला र घराना ब्यवसायीको पक्षमा रहेर ससाना ब्यवसायीका समस्या नहेर्दा देशभर ठुलो समस्या निम्तिएको बेलबासेको ठम्याई छ ।

प्रकाशित : १८ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६