कपिलवस्तु,१८ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनीमा दल नेतामा स्थायी समितिका सदस्य एवं रोल्पा १ (क)बाट प्रदेश सभा सदस्य जोखबहादुर महरा चयन हुनुभएको छ ।
भर्खरै सम्पन्न प्रदेशसभा सदस्यहरुको बैठकले उहाँलाई दलनेताको रुपमा निर्वाचित गरेको हो । लुम्बिनीमा प्रदेशमा (माओवादी केन्द्र) ९ जनाको प्रदेश सभासदस्यहरुले सर्वसम्मति रुपमा निर्वाचित गरेको हो ।
बैठकमा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको रोवहरमा सर्वसमतिमा टुङगाएको थियो ।
निर्वाचित भएपछि स्थायी समिति सदस्य एवं मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीबाट सरकार र दलको नेतृत्व गर्नका लागि शुभकामना दिनुभएको छ ।
प्रतिक्रिया