प्रदेश

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने



काठमाण्डौ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने हुनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज सोमवार सङ्घीय संसद्का महासचिवलाई पत्र लेखी २६ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको हो । विश्वासको मत पाएपछि मात्र उहाँँले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आउनुभएको छ ।

मिलेर बनेको सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले एक सय ३८ सांसदको समर्थन लिनुपर्छ ।

प्रतिनिधि सभाको पहिलो बैठक यही २५ गते बस्दै छ । यसअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री दाहालले त्यसको भोलिपल्ट ११ गते शपथ लिनुभएको थियो ।

प्रकाशित : १८ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६