ब्रेकिंग न्युज

सानिमा लाईफ इन्स्योरेन्स क. जितपुर शाखा बृहत् अभिकर्ता पुनर्ताजगी कार्यक्रम सप्पन्न १



कपिलवस्तु १८ पुस ।आज सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लि। जीतपुर शाखाको आयोजनामा मायादेबी रिसोर्ट बैरियामा बृहत अभिकर्ता पुनर्ताजगी कार्यक्रम तथा सास्कृतिक कार्यक्रम सप्पन्न गरेको छ।सो कार्यक्रममा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लि। का मुख्य प्रबन्ध गणेश चौलागाईं को प्रमुख आतिथ्य र प्रदेश प्रमुख मदन गाहाको विशेष आतिथ्य तथा जितपुर शाखा प्रमुख दीपक कुँवरको संचालनमा जितपुर चन्द्रौटा र तौलिहवाका करिब ६० जना अभिकर्ताको उपस्थितिमा सप्पन्न भयो। उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक गणेश चौलागाईंले जीवन बिमा अनिवार्य भएको र हामी बिमित परिवारको सुरक्षा गर्ने पबित्र कार्यमा लागेको बताउनु भयो।सानिमा लाइफमा जोडिएका सबैलाई धन्यवाद दिनु भयो तेसै गरि प्रदेश प्रमुख मदन गाहाले बिमा एक पबित्र कार्य भएको हुदा एक घर एक बिमा गराउने अभियानमा लाग्न सबैलाई अनुरोध गर्नु भयो। साथै कार्यक्रम संचालक तथा जीतपुर शाखा प्रमुख दीपक कुँवरले सानिमा लाइफमा जोडिने सबैलाई बधाई दिदै आगामी दिनमा जीवन बिमाको महत्त्व बताउदै सबै नेपाली जनताको माझमा बिमा बारे सचेतता जगाउने पर्नेमा जोड दिनु भयो ।सो कार्यक्रममा सबै शाखाका एजेन्सी म्यानेजरलाई सम्मान गरिएको थियो।

प्रकाशित : १८ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६