काठमाडौं, पुस १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।सोमबार अध्यक्ष ओलीलाई भेटन अध्यक्ष भट्टराई बालकोट पुग्नुभएको हो । दुई नेताबीच पछिल्लो राजनीतिक परिवेशको विषयमा छलफल भएको अध्यक्ष भट्टराईको सचिवालयले जनाएको छ ।कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ । प्रचण्डसँग नेसपा अध्यक्ष भट्टराई पछिल्लो समय नजिक हुनुहुन्छ ।
१८ पुस २०७९, सोमबार








प्रतिक्रिया