प्रदेश

प्रतिनिधिसभामा एमालेको सङ्ख्या बढ्यो, स्वतन्त्र सांसद पार्टी प्रवेश



काठमाण्डौं १९ पुष । रौतहट २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट निर्वाचित किरणकुमार साह नेकपा ९एमाले० प्रवेश गरेका छन् । उनको प्रवेशसँगै एमालेको प्रतिनिधिसभामा एक सिट बृद्धि भएको छ । अध्यक्ष केपी शर्मा ओलीले सांसद साहलाई बालकोट निवासमा पार्टी प्रवेश गराए ।
यसअघि नेता प्रभु साहले उनलाई आफ्नो पार्टीको नेतामा सूचीकृत गरेका थिए । तर सांसद साहले एमाले रोजेर आफू पार्टीमा प्रवेश गरेको बताए । यसअघि २०७४ को निर्वाचनमा साह जसपाबाट चुनाव लडेका थिए । साह एमाले प्रवेश गरेसँगै अव एमालेको प्रतिनिधिसभामा ७९ सिट पुगेको छ । पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलसहित मधेसबाट प्रतिनिधित्व गर्ने नेताको सहभागिता थियो ।

प्रकाशित : १९ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६