कपिलवस्तु, १९ पुस ।राष्ट्र बैङ्कद्धारा जारी चालु पुँजि कर्जा निर्देशिका २०७९ का विरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको कपिलवस्तु उद्योग बाणिज्य संघले मंगलबार प्रशासन कार्यालय अगाडी कालोपट्टी बाँधेर धर्ना दिएको छ ।इलाका प्रशासन कार्यालय बाणगंगामा पुगेर संघमा आवद्ध उद्योगी, व्यवसायीले प्रशासनको गेटमै आफ्ना माग पूरा हुनुपर्ने कामसहित पलेठी कसेर सरकारको विरोध गरेका छन् ।निधारमा कालोपट्टी बाँधेर प्रशासनमा पुगेका व्यवसायीले सरकारले आफूहरुका माग तत्काल सुनुवाई गर्नुपर्नेमा जोड दिए ।
संघर्षका कार्यक्रम अन्तरगत आइतबार प्रदर्शन र हस्ताक्षर संकलन भएको थियो भने सोमबार मात्र संघले बाणगंगा क्षेत्रका बैंकर र जनप्रतिनिधिसंग अन्तरक्रिया गरेको थियो ।कपिलवस्तुका उद्योगी व्यवसायीले बैङ्कहरुले मनोमानी रुपमा बढाएको ब्याजदर तिर्न नसक्ने चेतावनी दिएका छन् ।कोरोनापछि ब्यवसाय उठ्न लागेको बेला बैङ्कले डबल ब्याजदर बढाएर ब्यवसायीलाई आतंकित गराउने गरेको, दिनदिनै फोन गर्दै धम्क्याउने गरेको लगायतका हर्कत तत्काल बन्द हुनुपर्ने संघका अध्यक्ष डोलकराम घिमिरेले बताए ।देशभरका ब्यवसायी अहिले रहरले, तिर्न नसकेर नभएर बैङ्कहरु विरुद्ध बाध्य भएर आन्दोलनमा उत्रनु परेको व्यवसायीको भनाई छ ।








प्रतिक्रिया