कृषि

स्थानिय तहमा कार्यरत प्राविधिकहरुसँग अन्तरक्रिया




कपिलबस्तु, १९ पौैष ।कृषि ज्ञान केन्द्र कपिलबस्तुको आयोजनामा स्मार्ट कृषि गाँउ कार्यक्रम सम्बन्धी स्थानिय तहमा कार्यरत कृषि प्राविधिकहरुसँग अन्तरक्रिया भएको छ । कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा. रविन्द्र नाथ चौवेको अध्यक्षता र जिल्ला समन्वय समिति कपिलबस्तुका प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कृषि उत्पादनलाई बजारमुखी, व्यवसायमुखी, नाफामुखी र आत्मनिर्भर बनाइ कृषकहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी दिगो आयस्तर वृद्धि गर्न “एक नमूना गाउँ“ को रुपमा विकास गर्ने मूलभूत उद्देश्यका साथ स्मार्ट कृषि गाउँ सञ्चालनमा रहेको छ। प्राविधिक समस्याहरुको उचित सम्बोधन गर्न विषय विशेषज्ञ सेवा, कृषि अध्ययनरत विद्यार्थीलाई समुदायस्तरमा परिचालन, जलवायु अनुकूलन, क्षमता विकास, प्रोत्साहन तथा पुरस्कृत तथा प्रविधि सेवा टेवा बिस्तार कार्यक्रम बाट स्मार्ट कृषि गाँउ सहयोगी कार्यक्रम हुने कृषि ज्ञान केन्द्रका प्रमुख चौवेले बताउनु भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति कपिलबस्तुका प्रमुख आर्चायले कृषिको समग्र बिकासका लागी कृषि प्राविधिकहरुको अहम् भूमिका रहने बताए । कृषक र स्थानीय सरकारबीचको सेतुको कार्य प्राविधिकहरुले गर्ने बताउदै कृषि क्षेत्रको आमूल परिवर्तनमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिनु भयो ।कार्यक्रममा कृषि अर्थबिज्ञ शिव पुजन गुप्ता, स्मार्ट कृषि गाँउ कार्यक्रमका फोकल पर्सन जेदुराम घिमिरे ,कृषि ज्ञान केन्द्रका कर्मचारी,स्थानीय तहका कृषि शाखाका कर्मचारी, स्मार्ट कृषि गाँउ कार्यक्रमका संयोजकहरु लगायत जिल्लाका सबै स्थानीय तहका प्राविधिक अधिकृत, नायब प्राबिधिक सहायकहरु तथा सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो । प्राविधिकहरुले आ–आफ्नो कार्य क्षेत्रमा गरेका कामहरुको विवरण पेश समेत गरेका थिए ।

प्रकाशित : १९ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६