कपिलबस्तु १८ पुस । बाणगंगा र गजेहडा भु.पु. सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समिती जिल्लामा मात्र नभई प्रदेशमै नमुना योग्य रहेको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले दाबी गर्नुभएको छ । उहाँले खानेपानीको क्षेत्रमा चमत्कारीक नतिजा हासिल हुने क्रम तीव्र हुदै गएको वताउनु भयो । सरकारले लिएको एक घर एक धाराको निति अनुरुप अब बन्ने प्रदेश सरकारले पनि काम गर्ने प्रतिबद्धता उहाले जनाउनुभयो । बाणगंगा र गजेहडा भु.पु. सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीको ८औ साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद पन्थीले बाणगंगा नगरपालिकाको वडा नं. १,३ र ४ का गरि २ हजार ५ सय ५७ घरधुरीलाई ल्याब परिक्षणयुक्त सुरक्षित खानेपानी वितरण गर्न सफल भएको भन्दै प्रसंशा समेत गर्नुभयो ।
यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी थारुले सरकारले लिएको सन् २०३० सम्म सबै नागरिकलाई सुरक्षित खानेपानी पुर्याउने लक्ष्यलाई पुरा गर्नका निम्ती स्थानीय सरकारपनि लागि परेको बताउनुभयो । पालिका भित्रको सबै नागरिकलाई सुरक्षित खानेपानीको पहुचमा पुर्याउनका लागि संघ र प्रदेश सरकारको समन्वय सहयोगमा पालिका भित्र विभिन्न स्थानमा खानेपानी आयोजना निमार्ण गरिरहेको औल्याउनुभयो ।कार्यक्रममा संघिय खानेपानी आयोजना प्रमुख तथा ढल व्यवस्थापन विभाग बुटवलका प्रमुख विनोद भुजेलले पानी परिक्षणका लागि प्रदेशस्तरको ल्याब यही खानेपानी आयोजना परिसरमा नै भैतिक संरचनाहरु सबै निमार्ण सम्पन्न भई संचालनको चरणमा रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । अब सरकारले कर्मचारी र प्राविधिकहरु नियुक्त गर्ने वित्तिकै संचालन हुने समेत जनाउनुभयो ।
यसैगरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका लुम्बिनी प्रदेश संयोजक थान प्रसाद गैरेले यस भुपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीले छोटो समयमा धेरै प्रगति गर्न सफल भएको भन्दै प्रसंसा गर्नु भयो । उहाँले राज्यले खानेपानीलाई पहिलो प्राथमिकतामा राखि बजेट समेत विनियोजन गर्नुपर्ने औल्याउनुभयो ।कार्यक्रममा जिल्ला खानेपानी सबडिभिजन कार्यालय प्रमुख कमल पन्थ, सस्ंथाका सल्लाहकार समिती संयोजक द्रोणराज सुवेदी, नागरिक समाज कपिलबस्तुका अध्यक्ष दोलख बहादुर पछाई, सिद्र्धाथ बजार विकास समिती अध्याक्ष विष्णु थापा, कपिलबस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, पत्रकार महासंघका निर्वतमान उपाध्यक्ष पार्वती पाण्डे लगाएतले बोल्नु भएको थियो ।
सफा पानी सफा बानी, सहयोग पुर्याउने भुपु खानेपानी भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा संस्थाको आगामी कार्यक्रम तथा योजना अध्यक्ष राजेन्द्र विक्रम शाहीले प्रस्तुत गर्नुभएको थियो । यस्तै बार्षिक प्रगति प्रतिवेदन सचिव कृष्ण बहादुर शाही, आर्थिक प्रतिवेदन कोषाध्य राममाया राना, लेखा समितीको प्रतिवेदन लेखा समिती संयोजक कमल पौडेल र पानी सुरक्षा समितीको प्रतिवेदन संयोजक निर्मल शाहीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष राजेन्द्र विक्रम शाहीको अध्यक्षता, उपाध्यक्ष झलक बहादुर मल्लको स्वागत, सचिव कृष्ण बहादुर शाहीको संचालनमा भएको थियो ।
प्रतिक्रिया