भैरहवा २१ पुष । सिद्धार्थनगर नगर पालिकाको कार्यालयले छाडा चौपाया ब्यवस्थापनको नाममा चौपायाहरुलाई ट्रकमा बाधेर लतार्दै गरेको दृश्यले नगरवासीहरुमा रोष उत्पन्न गराएको छ ।
सिद्धार्थनगर नगर पालिकाको कार्यालयले नगरमा रहेका छाडा चौपायाहरुलाई ब्यवस्थापनको काम सुरु गरेको छ । यसको लागि अस्थायी क्वारेन्टाइन बनाएर चौपायाहरुलाई त्यहाँ राख्ने र त्यसपछि पशु धनिलाई जरिवाना तिराएर र सम्पर्कमा नआउनेको हकमा गौशालाको सहयोगमा ब्यवस्थापन गर्ने गरिएको छ । छाडा चौपाया ब्यवस्थापनको काममा वाहवाही पाएको नगरपालिका अहिले भने उसकै क्रियाकलापका कारण चौतर्फी रुपमा आलोचीत भैरहेको छ ।
नगरपालिकाको काम गर्ने शैलीले नगरवासीहरुमा तिब्र आक्रोश जगाएको छ । नगरपालिकाका कर्मचारी र नगर प्रहरीको टिमले चौपायालाई नगर प्रहरीको गाडी पछाडी बाधेर लैजाने गरेका छन । केही समय पहिला बुद्धचोकमा गाइलाई ट्रक पछाडि बाधेर लगेको दृश्य सामाजिक सन्जालमा भाइरल बनेको थियो । यस्तै बुधबार अबेर राती फेरि अर्को तस्बिरले समाजिक सन्जाल तताएको छ । तस्बिरमा नगरप्रहरीको गाडीमा चौपाया लतार्दै लगेको देखिन्छ । उसको वरिपरि रगत जस्तै देखिन्छ । यो तस्बिरले स्थानीय नगरबासीमा तथा पशु अधिकारकर्मीहरुमा रोष उत्पन्न भएको छ ।
सिद्धार्थनगर नगर पालिकाका प्रमुख इस्तियाक अहमद खानले तस्वीरमा देखाइएको अनुसार घटना नरहेको बताएका छन ।
२१ पुस २०७९, बिहिबार
प्रतिक्रिया