जीवनशैली

कपिलवस्तुमा ९० क्युफिट काठसहित एक जना पक्राउ



बुटवल २१ पुष । कपिलवस्तुमा ९० क्युफिट काठसहित एक जना पक्राउ परेका छन् । सवडिभिजन वन कार्यालय खरेन्द्रपुरले बुधबार काठसहित स्थानीय रुपेश थारुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने शिवराज नगरपालिका(३ स्थित भितारिया बस्ने बर्ष २१ का थारु छन् ।
बरामद गरिएका काठमा विभिन्न साइजका ९२ थान चिरान रहेको वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत एजाज अन्सारीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र वन रक्षकसहित भितारीया पुगेको टोलीले सो काठ बरामद गरेको थियो ।
छापा मार्नेक्रममा भितारीया गाउँका अधिकांश घरको आँगनबाट लुकाएर राखेको अवस्थामा चिरान काठ बरामद भएको डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख दधिलाल कंडेलले बताए ।
कपिलवस्तु साझेदारी वन समितिको जङ्गलबाट चोरीगरी काठ ल्याएको वन कार्यालयका कर्मचारीको अनुमान छ । तस्करको पहिचान खुलेकाले तस्करविरुद्ध मुद्दा दर्ता गरी कारवाही गर्ने डिभिजन वन कार्यालयले जनाएको छ ।
सो टोलीले भितारीया गाउँको ६ घरमा छापा मारेको थियो । सालको काठ र कर्मा जातको काठ बरामद भएको डिभिजन वन कार्यालयले जनाएको छ । बरामद काठ डिभिजन वन कार्यालय गौतम बुद्धलाई बुझाइएको सो टोलीले जनाएको छ ।

प्रकाशित : २१ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६