जीवनशैली

हुस्सु र चिसो सिरेटोले तराईको जनजीवन थप कष्टकर बन्दै



बुटवल २१ पुष । हुस्सुसँगै चिसो सिरेटोले तराईको जनजीवन थप कष्टकर बन्दै गएको छ । पछिल्लो केही दिनयता रुपन्देही सहित लुम्बिनी प्रदेशका कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दीया तथा अन्य जिललाहरुमा समेत चिसो बढेको छ । चिसो अत्याधिक बढेपछि केही जिल्ला तथा स्थानीय तहहरुले शैक्षिक संस्थामा पठनपाठन समेत बन्द गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ भने पश्चिमी र मध्य तराईमा कुहिरो लागिरहेको छ ।
दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ को हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ ।

प्रकाशित : २१ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६