जीवनशैली

ट्याक्टरले किच्दा पाल्पामा सहचालकको मृत्यु



पाल्पा २१ पुस । जिल्लाको पूर्व खोला–३, कमेरेमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्व खोला–३, भालुकुन बस्ने २८ वर्षका सेते सारू रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गए राति निस्दीबाट पूर्व खोलातर्फ आउँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टरले किच्दा सोही ट्याक्टरका सहचालक रहनुभएका सारुको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । ट्याक्टरको पछाडिको ट्रलीमा बस्नुभएका सारू एक्कसी खस्दा बाँयापट्टीको चक्काले किचेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताउनुभयो ।

प्रकाशित : २१ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६