जीवनशैली

बुटवलमा उत्कृष्ट उद्योग र उद्यमी पुरस्कृत



बुटवल २१ पुस । बुटवलमा सम्पन्न राष्ट्रिय औद्योगिक प्रदर्शनीमा तीन जना महिला उद्यमीले उत्कृष्ट महिला उद्यमी पुरस्कार प्राप्त गरेका छन् ।
उत्कृष्ट महिला उद्यमीका रूपमा पाल्पाली मदनपोखरा ढाका उद्योग, पाल्पाका शितम भण्डारी, प्रेम अल्लो ९पुवा० धागो तथा तयारी पोसाक उद्योग दाङका प्रेमकुमारी पुन र आईटी स्टिल स्ट्रक्चर सोलुसन प्रालि रुपन्देहीका सृष्टि गुरुङ पुरस्कृत हुनुभएको हो । यसैगरी उत्कृष्ट उद्योगतर्फ ट्रन्सवेल्ड नेपाल ९ट्रान्सफर्मर० काठमाडौँले प्रथम स्थान हासिल गरेको छ भने कपिलवस्तु ग्लास फाइबर उद्योग, बुटवल औद्योगिक क्षेत्रले दोस्रो तथा सिया स्टिल इन्डस्ट्रिज प्रालि नवलपरासीले तेस्रो स्थान प्राप्त गरेको छ । सान्त्वना उद्योग पुरस्कार ग्लोबल इन्टेरियर तथा काष्ठ उद्योग रुपन्देही र मन उड इन्डस्ट्रिज ओमसतिया गाउँपालिका रुपन्देहीले पाएका छन् ।
यसैगरी संस्थागत स्टलतर्फ ग्रिल तथा स्टिल व्यवसायी सङ्घ रुपन्देही, उदीयमान युवा उद्यमीमा पुरुषतर्पmबाट रामापुर मौरी स्रोत केन्द्रका कविराज अधिकारी र बुद्ध सिमेन्ट ब्लक उद्योग पुरस्कृत भएका छन् ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ पुस ७ देखि सञ्चालित १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ मङ्गलबार समापन भएको छ ।
प्रदर्शनीमा २५ करोडको आर्थिक कारोबार भएको थियो भने सात लाखभन्दा बढी दर्शकले अवलोकन गरेको प्रदर्शनी मूल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रदर्शनीमा ४१५ वटा स्टल सहभागी भएका थिए ।

प्रकाशित : २१ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६