अर्थ-वाणिज्य

हत्या भएको ३ बर्षपछि सुस्मितालाई न्याय : हिंसा विरुद्ध बुहारी अभियानलाई सफलता



पार्वती पाण्डे
कपिलवस्तु २२ पुस
कपिलवस्तुकी चेली सुस्मिता खड्का (थापा क्षेत्री)को हत्यामा संलग्न ५ जना दोषि ठहर भएर जेल चलान भएका छन् । हेटौंडामा १ असार २०७७ मा हत्या गरिएकी सुस्मिता सम्बन्धी मुद्दामा जिल्ला अदालत मकवानपुरले तीन वर्षपछि ५ जनालाई दोषि ठहर गर्दै जेल चलानको आदेश दिएको पीडितका ठूलो बुवा हेमवहादुर खड्काले जानकारी दिनु भयो । पटक पटक पेशी तोकिने र सर्ने गरेबाट पीडित पक्ष असन्तुष्ट बनि रहेका बखत लगातर ४ दिनको बहस पश्चात इजलास नं ३ का न्यायधिस श्री प्रसाद सञ्जेलको फैसलावाट घटनामा आरोपी ५जनानै जेल चलान भएका हुन् । सुस्मिताका ठूलो वुवा हेमबहादुर खड्काले सुस्मितालाई न्याय दिन ढिलाई भएपनि आज विहिवारको फैसलाले सबैलाई दोषि ठहर गरेकाले ढिलै भएपनि न्याय मिलेको वताउनु भयो । पीडितलाई न्याय दिलाउन माइती परिवारका सदस्यहरुका साथमा सामाजिक अभियन्ता मन्जु खाँण , मेचि महाकाली बुहारी अभियानकी उपाध्यक्ष दिना सुबेदी , स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेल लगायत मकवानपुर जानु भएको थियो । हत्य गरिएकी सुस्मिताका बुवा कृष्ण केसीले छोरीका हत्यारा जेल गएकोमा न्याय मिलेको वताउनु भयो । आमा गंगा केसीले आफ्नी छोरीलाई कुटीकुटी मार्नेहरु अव जेलमा सडेर मर्ने दिन आउने वताउनु भयो ।
मकवानपुरको सूर्यचोकमा हत्या गरिएकी २४ वर्षीया सुस्मिता थापा क्षेत्रीको हत्या अभियोगमा उनकै सासु ससुरा, नन्दसहितको परिवारका सदस्य पक्राऊ परी र्पुपक्षका लागि थुनामा रहदै आएका थिए । प्रहरीले सुस्मिता थापाको हत्याको कारणमा भौतिक आक्रमण देखि जर्बजस्ती करणी उद्दोग लुकाउने सम्मको कारण देखिएको खुलाएको थियो ।
सुस्मितामाथि ससुरा प्रकाश थापाले जर्बजस्ती करणी उद्दोग गरेको समेत खुलेको थियो । असार १ गते रक्सी पिएर ससुरा प्रकाश थापाले काठको लौरोले खान खाइरहेकी बुहारीलाई प्रहार गरेको र परिवारका अन्य सदस्यले समेत आक्रमण गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको थियो ।
हत्याको अभियोगमा सुस्मिताकका ससुरा प्रकाश थापा र सासु तुलसा थापा ,अविवाहिता नन्द सीता थापा र विवाहिता नन्द दुर्गा कार्की र उनका श्रीमान अरुण कार्की जेल चलान भएका हुन ।
सुस्मितालाई पटक पटक काठको लौरो र ढुंगाको लोहोरोले निर्ममता पूर्वक प्रहार गरी हत्या गरेको खुलेको थियो । १ असारमा हत्या गरी भोलिपल्ट विहान ५ बजे बुहारीले आत्महत्या गरी भनी छिमेकीलाई जानकारी गराएपश्चात प्रहरीलाई खबर गरेका थिए । सुस्मिताका पति रुपेन्द्र थापाको मृत्यु भइसकेको थियो । पतिको मृत्युपछि एकल महिला सुस्मितामाथि परिवारले दुव्यर्वहार गर्न थालेको थियो । २३ असोज २०७६ मा ससुरालीबाट फर्कने क्रममा सवारी दुर्घटनामा परी सुस्मिताका पति रुपेन्द्र थापाको मृत्यु भएको थियो । रुपेन्द्रको मृत्युको कारण सुस्मिता हो भनी मानसिक यातना दिने गरेका थिए । सुस्मिताका पति रुपेन्द्रको सवारी दुर्घटनापश्चात क्षतिपूर्ति पाउने पाँच लाखबारे घरायशी विवाद भएको थियो । सुस्मिताले पाँच लाख लिएपछि घरपरिवारले आफूहरुले पाउनुपर्ने दाबी गरेका थिए । उनले काम गर्ने कम्पनिबाट बिमा, बोनस र तलब भत्ताको बाँकी रकम गरी ३७ लाख भुक्तानी लिने विषयमा पनि विवाद भएको थियो ।
सोही कारण पनि भुक्तानी हुन सकेको थिएन ।सामाजिक सुरक्षा कोषबाट एक लाख ७७ हजार सुस्मिताको बैंक खातामा जम्मा भएको, बिमाको १० लाख इच्छाइएको व्यक्ति बाबु प्रकाश थापाले लिइसकेको भेटिएको थियो । आर्थिक विषयले पनि विवाद बढेको खुलेको थियो । त्यतिबेला डिएसपी इन्द्रबहादुर राना नेतृत्वको टोलीले अनुसन्धानबाट यी तथ्यहरु पत्ता लगाएको थियो । कपिलवस्तुकी २४ वर्षीया सुस्मिता थापा क्षेत्रीको हेटौंडाका रुपेन्द्र थापाबीच १८ वैशाख २०७६ मा विवाह सम्पन्न भएको थियो । ससुरालीबाट फर्कने क्रममा २३ असोजमा नवलपरासीको दाउन्नेमा थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । त्यसपछि सुस्मितामाथि परिवारले चरम यातना दिने गरेको थियो ।

प्रकाशित : २२ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६