कपिलवस्तु २२ पुस ।सत्ता गठबन्धनले भागबण्डा टुंगाएपछि पुस महिना भित्रै लुम्विनी प्रदेश सरकार गठन हुने र माघ ३ को बैठकमा नयाँ मुख्य मन्त्रीले संवोधन गर्ने संयोग लुमिवनी प्रदेश सभामा जुट्ने देखिएकोछ । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको हो। पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि अध्यक्षता ग्रहण गरेका जेष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोकेका हुन्। अब सभामुख र उपसभामुख चयनको लागि प्रदेश सभामा बाटो खुलेको छ।
पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ। सोहीअन्तर्गत राजनीतिक दलबीच सहमतिको प्रयास गरिने र सम्भवतः आगामी बैठकले सभामुख चयन गर्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ।देश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ ।
ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो ।यही नियमावलीको आधारमा प्रदेश सभाले आफ्ना गतिविधि अघि बढाउनेछ। यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, त्यो नियमावली ५० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
प्रतिक्रिया