प्रदेश

पाल्पा बस दुर्घटनाः ज्यान गुमाउने ६ जनाकै परिचय खुल्यो



पाल्पा, २२ पुस । पाल्पाको खुसार्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाकै परिचय खुलेको छ । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा भएको बस दुर्घटनामा आमा छोरीसहित एकै गाउँका ६ जना महिलाको ज्यान गएको हो। दुर्घटनामा १८ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा खुसार्नेकी ३६ वर्षीया निर्मला घिमिरे, उहाँकी छोरी ११ वर्षीया सरुमाया घिमिरे, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बीमा पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।

रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्नेका लागि छुटेको यात्रुवाहक बस गएराति मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा घाइते भएका १८ मध्ये ६ जनाको एडमन सिटी हस्पिटल जितगढी बुटवल र १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २२ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६