ब्रेकिंग न्युज

काठमाडौंको सामाखुशीमा आगलागी



काठमाडौं : काठमाडौंको सामाखुशी चोकस्थित आकाश जोगिनी पेट्रोल पम्प नजिक आगलागी भएको छ।
टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा आज साँझ आगलागी भएको हो। उक्त आगलागी अहिले नियन्त्रणमा लिने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
आगलागी नियन्त्रणमा लिनका लागि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको तीनवटा दमकल प्रयोग गर्नुका साथै नेपाल प्रहरीको पानीको फोर्सवाला सवारी साधनको समेत प्रयोग गरिएको छ।

आगलागी नियन्त्रणका लागि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा रहेको प्रवक्ता मैनालीले बताए। आगलागी एउटा टहरोको पसलबाट सुरु भएको प्रहरीले जनाएको छ।

प्रकाशित : २२ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६