प्रदेश

पुस २९ गते बाणगंगाको १२ औं नगर सभा हुने




कपिलवस्तु, २३ पुस ।
कपिलवस्तु बाणगंगा नगरपालिकाको १२ औं नगर सभा पुस २९ मा बस्ने भएको छ । शुक्रबार बसेको नगरकार्यापालिका बैठकले उक्त सभाको मिति तय गरेको हो । बैठकले यही पौष २९ गते १ बजे १२ औं नगर सभा नगरपालिकाको सभाहलमा गर्ने निर्णय गरेको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

साथै कार्यपालिका बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । बैठकले संघमा माग्ने दुई किसिमका योजनाका बारेमा समेत निर्णय गरेको छ ।

प्रवक्ता पौडेलका अनुसार विशेष योजना अन्तर्गत नगरका ३ वटा विद्यालय तथा वडा नम्बर ६ को पूर्वाधार निर्माण र समपुरक योजनातर्फ घेरुवा बनगाई–मोतिपुर–कपिलधाम सडक र वैदौली– कोपवा–देउवापार्क सडक रहेका छन् ।

नगर सभामा पेसका लागि रकमान्तर संशोधन गर्नुपर्ने र विभिन्न विधेयकहरुको बारेमा विषयगत समितिहरुले बैठक बसेर तयारी गर्ने छन् । नगर सभाको अघिल्लो दिन पुस २८ गते कार्यापालिकाको बैठक बस्ने र सोही बैठकले नगर सभामा पेस गर्ने प्रस्तावहरु परित गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

यस्तै बैठकले शितलहरको व्यवस्थापन गर्न वडाध्यक्षहरुलाई आ-आफ्नो वडामा सामुदायिक वनहरुसंग समन्वय गरी दाउरा वितरणको व्यवस्थापन मिलाउन जिम्मेवारी दिएको छ ।

प्रकाशित : २३ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६