प्रदेश

१३ औं कपिलवस्तु महोत्सवको लागि स्टल बुकिङ्ग खुल्ला




कपिलवस्तु, २३ पुस ।
कपिलवस्तुकै चर्चित महोत्सव १३ औं कपिलवस्तु महोत्सवको लागि स्टल बुकिङ्ग खुल्ला गरिएको छ । शुक्रबार एक सूचना जारी गरी महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघले स्टल बुकिङ्ग खुल्ला गरेको स्टल संयोजक मदन पौडेलले जानकारी दिए ।

औद्योगिक तथा व्यवसायिक वस्तु तथा सेवाहरुको विक्रि तथा प्रवद्र्धनको उद्देश्य राखि स्टल बुकिङ्ग खुला गरेको स्टल संयोजक पौडेलले बताए । समयमै बुकिङ्ग गरी आफ्नो स्टल सुरक्षित गर्न उनले आग्रह गरे । ‘स्थानीय स्तरका औद्योगिक तथा व्यवसायिक उत्पादनलाई प्राथमिकता दिने किसिमका स्टललाई बढी प्राथमिकता दिइने छ’, उनले भने ।

कृषि, लघु वित्तीय, होटल, व्यापारिक स्टल गरी महोत्सवमा जम्मा ३ सय २० स्टल रहने उनले बताए । महोत्सव आगामी माघ १७ गतेदेखि २९ गतेसम्म बाणगंगा ४ मा रहेको बुद्ध रंंगशालामा हुँदैछ । महोत्सवको तयारी धमाधम भइरहेको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।

प्रकाशित : २३ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६