प्रदेश

गाउँमै पुगेर गर्भवतीहरुको भिडियो एक्सरेसहित निःशुल्क स्वास्थ्य परीक्षण



अर्घाखाँची, २३ पुस । अर्घाखाँचीको शितगंगा नगरपालिकाले गाउँमै पुगेर गर्भवती महिलाहरुको भिडियो एक्सरेसहित निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको छ ।

गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य कस्तो छ भनेर थाहा पाउन भिडियो एक्सरे तथा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाका मेयर छविलाल पौडेलले बताउनुभयो । यो क्षेत्रका गर्भवती महिलालाई स्वास्थ्य परीक्षणकै लागि सन्धिखर्क तथा बुटवल जानु पर्ने बाध्यता थियो । नगरपालिकाको यो कार्यक्रमले गर्भवती महिलाहरुलाई सुविधा भएको पौडेलको भनाइ छ । यो कार्यक्रम नगरपालिकाभित्र रहेका सबै १४ वटै वडामा रहेका स्वास्थ्य केन्द्रमा सञ्चालन हुनेछ ।

प्रकाशित : २३ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६