कपिलवस्तु, २३ पुस ।
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले केन्द्रिय कार्यालय सहित चार वटा सेवा केन्द्रको दोस्रो वार्षिक साधारण सभा एकैसाथ सम्पन्न गरेको छ । सेवा क्षेत्र अन्तर्गत कार्यालयको केन्द्रिय कार्यालय केन्द्र रहेको बाणगंगा नगरपालिका वडा नं. १, २, ३ र ४ को कार्यालय प्राङगणमा, वडा नंं. ५, ६, ७ र ९ को जनचेतना आधारभुत विद्यालयमा, वडा नंं. ८ को जलेश्वरधाम बोडगाउँमा, वडा नं.१० र ११ को प्रगतिनगरमा एकैसाथ वार्षिक साधारण सभा सम्पन्न भएको सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले बताउनुभएको छ ।
साधारण सभामा गत आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्दै छलफल गरिएको थियो । त्यस्तै कार्यक्रममा चालु आर्थिक बर्ष २०७९/८० को वार्षिक निति तथा कार्यक्रम, प्रस्तावित वजेट प्रस्तुत गरि छलफल गरिएको थियो । यस्तै लाभांस वितरण सम्बन्धमा, संस्थाको विजियम संशोधन सम्बन्धमा, नीति तथा कार्यविधि संशोधनरपुनर्लेखन सम्बन्धमा छलफल गरिएको थियो । आर्थिक बर्ष २०७९/८० को लेखा परिक्षक नियुक्ती र नीजको पारिश्रमिक तोक्ने सम्बन्धमा, दीर्घकालीन ऋण लिने सम्बन्धमा र साधारण सभाको एकाई बैठकको निर्णय प्रमाणिकरण गर्ने प्रतिनिधि र साधारण सभा ९केन्द्र० को निर्णय प्रमाणिकरण गर्न पठाउनु पर्ने एकाई प्रतिनिधिको चयन गर्ने लगायत विविध विषयमा एकाईगत छलफल भएको संस्थाले जनाएको छ ।
साधारण सभामा संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेले तयार पारेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष चिरञ्जिवी पन्थले तयार पारेको आर्थिक प्रतिवेदन, लेखा समिती संयोजक डि।बी। रेश्मीले तयार पारेको वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीले आर्थिक बर्ष २०७८/७९ मा ७४ करोड ५३ लाख २ हजार ८ सय १७ रुपैया ४३ पैसा ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै यसै समयमा कुल ४३ करोड ७६ हजार ४ सय ६६ रुपैया २४ पैसा निक्षेप संकलन गरेको उल्लेख छ । १७ करोड २८ लाख ६० हजार १ सय शेयर पुँजी रहेको उक्त सहकारीमा ९ हजार ६ सय ११ शेयर सदस्य रहेका छन् ।
सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले वर्तमान परिवेशलाई समेत ध्यानमा राख्दै सहकारीहरुलाई उत्पादन र सदस्यमुखी भई कार्यसम्पादन गर्नु सदस्यहरुको दोहोरोपनलाई अन्त्य गरि व्यवस्थापकीय जटिलता र लागतलाई मितव्ययी बनाउन, पुँजीलाई उपलब्धिमुलक रुपमा परिचालन गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
अध्यक्ष बेल्बासेले कृषि, कृषि जन्य उद्यम, बजार प्रवद्र्धन, उद्यमशिलता विकास, रोजगार प्रवद्र्धन, बचत तथा ऋण परिचालन, आन्तरिक पर्यटन प्रवद्र्धनको अभिप्रायले समान कार्यक्षेत्र, सदस्यमा दोहोरोपना कम गर्दै क्रियाकलापमा एकरुपता एवम् श्रोत परिचालन आदिमा समानता भएका सहकारीहरु बिच सहकार्य गर्दै अगाडि बढ्ने स्पष्टताका साथ अगाडि बढेको बताउनुभयो । अध्यक्ष बेल्बासेले आगामी दिनहरुमा दिर्घकालीन रणनैतिक योजना, पञ्चवर्षीय व्यवसायीक योजना र त्यसका आधारमा तय गरिने वार्षिक नीति, बजेट तथा कार्यक्रमका आधामा विस्तृत कार्ययोजना निर्माण गरी सहकारीलाई निर्दिष्ट गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले साधारण सभा सभ्य रुपमा सफल पार्न आ आफ्नो दायित्व पुरा गर्ने सम्पुर्णलाई आभार व्यक्त गर्नुभयो ।
बनगाईमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष बेल्बासेको अध्यक्षता, गंगा बगालेको स्वागत तथा उर्मिला अर्यालको सञ्चालन रहेको थियो । बोडगाउँमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष कुलराज पौडेलको अध्यक्षता, बोडगाउँ सेवा केन्द्र संयोजक हुमनाथ पौडेलको स्वागत तथा महिला सशक्तिकरण उपसमिती संयोजक बिष्णु मल्लको सञ्चालन रहेको थियो । संस्थाको केन्द्रिय कार्यालय चार नम्बरमा भएको कार्यक्रम सचिव कृष्ण प्रसाद न्यौपानेको अध्यक्षता, सदस्य शंकर पाण्डेको स्वागत तथा व्यबस्थापक दिनामणि खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यस्तै प्रगतिनगरमा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष चिरञ्जिवी पन्थको अध्यक्षता, संस्थाका सल्लाहकार तथा सहकारी विज्ञ डम्मर शर्माको प्रमुख आतिथ्यता, कलस्टर समिती संयोजक टेमुकला अधिकारीको स्वागत तथा सदस्य चेतनारायण ढकालको सञ्चालनमा सम्पन्न भएको हो ।








प्रतिक्रिया