अर्थ-वाणिज्य

रातारात १ हजार बढी रुखहरु काटिएपछि देउखुरी क्षेत्रमा बन र सडक डिभिजनले एकसाथ थाले अनुसन्धान




दाङ २३ पुस । पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको देउखुरी क्षेत्रमा रुखहरु काटिएको बिषयमा अनुसन्धान सुरु भएको छ । त्यस बिषयमा जिल्ला प्रशासन कार्यालय दाङले चासो देखाउँदै तत्काल मनपरी रुख नकाट्न भन्दै पत्राचार गरेपछि रुख काट्ने क्रम हाल रोकिएको छ । लुम्बिनी प्रदेश राजधानीको केन्द्रभाग राप्ती गाउँपालिका क्षेत्रको सडक खण्डमा धमाधम रुखहरु काटिएका छन् । लमही नगरपालि क्षेत्रमा पनि त्यही क्रम दोहरीन थालेपछि प्रशासनले पत्राचार गर्दै रुख मनपरी काट्न रोकेको छ ।रुख काटिएको बारे गुनासो आएपछि प्रशासनले वन कार्यालय, सडक डिभिजन कार्यालय लगाएतलाई पत्र काटेको सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले जानकारी दिइन । त्यसबारे सरोकारवालाहरु संग छलफलसमेत भएको उनले बताइन । यहाँ झन्डै एक हजार बढी ठूला साना रुखहरु काटिएका छन् ।
पछिल्लो समय जनगुनासो ब्यापक बनेपछि मनपरी रुख रुख काटिएको विषयमा सडक विभागले अनुसन्धान थालेको छ । यो सडक खण्डमा एमसिसी परियोजनासमेत लागु भएको छ । मंसिर २० गते सडक डिभिजन कार्यालय, दाङले सडकको क्षेत्राधिकार खाली गर्ने सम्बन्धित सार्वजनिक सूचना जारी गरेको थियो ।राजमार्ग अन्तगत दाङ कपिलबस्तु सीमाना धानखोलादेखि बाँकेको सीमाना शिवखोला सडक खण्डको केन्द्रबिन्दुबाट दायाँबायाँ ३१ / ३१ मिटर भित्र निर्मित संरचना १५ दिनभित्र हटान भनिएको थियो । त्यो क्षेत्राधिकार भित्रका संरचना तोकिएको समयमा नहटाए ती हटाउन लाग्ने खर्चपनि सम्बन्धित ब्यक्तिबाटै असुल उपर गरिने सूचनामा उल्लेख थियो ।
त्यसपछि स्थानीयले आफ्नो जग्गामा पर्ने सडक किनार छेउका रुखहरु रातारात धमाधम काटेर सखाप पारेका थिए ।काटेका रुखहरु उनीहरु आँफैले लगेका थिए । लुम्बिनी प्रदेश राजधानी आएपछि प्रहरीले पनि राप्ती पालिका क्षेत्रमा सडक खुला गर्ने तथा झाडी सफाइ गर्ने कार्य गरेको थियो । रुख काटिएको बिषयमा केही हालसालै सडक विभाग र एमसिसी परियोजनाका प्रतिनिधिले संयुक्त रुपमा स्थलगत अनुगमन समेत गरेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित : २३ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६