जीवनशैली

बुटवलमा माघे संक्रान्ती खाना महोत्सव हुने, ५ सयको टिकटले ९ वटा परिकार प्राप्त गर्ने



बुटवल २४ पुष । मगर संस्कृती र परम्पराको संरक्षण गर्ने उद्देश्यसहित बुटवलमा माघेसक्रान्ती खाना महोत्सव २०७९ आयोजना हुने भएको छ । बुटवल ८ सुख्खानगरमा अवस्थित मगर खाजा घर एण्ड फेमेली रेष्टुरेन्टले यही पौष ३० गते महोत्सवको आयोजना गर्ने भएको हो ।
चर्चित डान्सर र कलाकारहरुको सास्कृतिक कार्यक्रम सहित मगर सँस्कृतीका विभिन्न नाचगानसहित परम्परागत परिकारहरु महोत्सवमा राखिने सञ्चालक बसन्त थापा मगरले बताए । सुपथ मूल्यमा परम्परागत परिकार उपलब्ध गराइने महोत्सवमा करिब ५ सयको सहभागिता रहने उनले अपेक्षा गरे ।
महोत्सवमा आउने दर्शक तथा सेवाग्राहीले ५ सय रुपैयाँको टिकट काटेपछि ९ वटा परिकार प्राप्त गर्ने छन् । सो मूल्य बराबरको टिकटमा खिचडी, जँगली तरुलको भुजरी, बारा, सेल, मिक्स अचार, पकौडा, इट्ली, चिकेन रोष्ट तथा लोकल बंगुरको मासुको परिकार खान पाउने छन् । यस बाहेक अन्य परिकारहरु समेत महोत्सवमा राखिने उनले बताए ।
शनिबार दिनको १२ बजेदेखि सुरुहुने महोत्सव राती १० बजेसम्म सञ्चालन हुने छ । विगतका वर्षहरुमा समेत खाना महोत्सव गर्दै आएका सञ्चालक थापाले हराउँदै गएको मगर सँस्कृतीको संरक्षणका लागि सालैजो नाचको विशेष प्रस्तुती रहने बताए ।
यसैगरी सहरीकरणसँगै हराउँदै गएको मगर परम्पराका खानाहरु बारे जानकारीसहित स्वाद उपलब्ध गराउने गंगा थापा मगरले बताइन । मगर समुदायको विशेष पर्वको रुपमा रहेको माघे संक्रान्तीलाई लक्षित गरि आयोजना गरिने महोत्सवमा २ लाख बढीको आर्थिक कारोबार हुने उनको अपेक्षा छ ।

प्रकाशित : २४ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६