प्रदेश

लुम्बिनी प्रदेशमा विपद् जोखिम क्षेत्रमा हेलिप्याड बनाइने



बुटवल २४ पुस । लुम्बिनी प्रदेश सरकारले विपत्का घटनामा खोज तथा उद्धार कार्यलाई सहज बनाउन जोखिम क्षेत्रमा हेलिप्याड बनाउने योजना अघि सारेको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले प्रदेशभरका विपत्का घटनाबारे विश्लेषण गर्दै जोखिम क्षेत्रमा हेलिप्याड निर्माण गर्ने योजना बनाएको हो।
मन्त्रालयका अनुसार विपत् व्यवस्थापनका लागि योसहित मुख्यमन्त्री उद्धार राहत कोष स्थापना र सञ्चालन गर्ने तयारी भइरहेको छ। त्यस्तै आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना र प्रदेशभित्र एकीकृत जोखिम व्यवस्थापन केन्द्र स्थापना गरी पूर्वसचेतना प्रणाली जडान गर्ने योजना बनाइएको छ।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७९र८० को पुससम्मको छ महिनामा विभिन्न विपत्का घटनामा ४६१ जनाको मृत्यु हुनुका साथै १५० जना घाइते भएका छन्। विपत्बाट १९६ वटा चौपायामा क्षति भएको छ। प्रदेशका १२ जिल्लामा छ महिनाको अवधिमा अविरल वर्षाका कारण २२ जनाले ज्यान गुमाएका छन्। वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी दाङमा छ। दाङमा नौ जनाको मृत्यु भएको बताइएको छ। त्यस्तै प्युठानमा सात, बाँकेमा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। गुल्मी, अर्घाखाँची, कपिलवस्तु र पाल्पामा एकरएक जनाको मृत्यु भएको छ।
अविरल वर्षाका कारण १९ हजार १६७ वटा घरगोठ डुबानमा परेका छन्। बाढी र डुबानका कारण सबैभन्दा धेरै बर्दियामा एक हजार छ सय जना विस्थापित भएका छन्। दाङ, बाँके र कपिलवस्तुमा डुबानका कारण सयौँ परिवार प्रभावित भएका हुन्।
मन्त्रालयका सचिव कोमलप्रसाद धमलाका अनुसार बाढी र डुबानबाट विस्थापित भएकालाई मन्त्रालयले तीन सय थान त्रिपाल, ९० थान टेन्ट, म्याट २० थान, थ्रो ब्याग रस्सी पाँच मिटर, ब्ल्याङ्केट ३४ थान र डोरी वितरण गरेको थियो। मन्त्रालयले प्राकृतिक प्रकोपका घटना न्यूनीकरण गर्न ४६ जनाको विपत् फोकल पर्सनमार्फत उद्धार, राहत तथा खोजतलास गरेको जनाएको छ।

प्रकाशित : २४ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६