हरि घिमिरे,
कपिलवस्तु, २४ पुस ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका जनताले क्रमिक रुपमा स्वच्छ सुरक्षित खानेपानी उपभोग गर्न थालेको प्रदेश सांसद विष्णु पन्थिले बताउनु भयो । उहाँले गजेहडा खानेपानि उपभोक्ता तथा सरसफाई समितिको पाँचै वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै सांसद पन्थिले स्वच्छ खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएको बताउनु भयो । ‘बाणगंगा भित्रका हरेक खानेपानि योजना हरु नागरीकालई स्वच्छ खानेपानी उपलब्ध गराउन तर्फ अग्रसर भएका छन’, “त्यसमा मैले सकेको र जनताले खोजे अनुरुपको पहलमा लाग्ने छु” पन्थीले भन्नु भयो । उहाँले गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले पनि यस क्षेत्रका नागरीकालई स्वच्छ खानेपानी उपलब्ध गराएको भन्दै धन्यवाद व्याक्त गर्नुभयो । सरकारको एक घर एक धाराको नितिमा अब बन्ने प्रदेश सरकारले सक्रियरुपमा काम गर्ने पन्थीको जिकीर छ ।
साधारण सभामा मृगैला पिडीत नियमित डायलासिस गराईरहेका वडा न.१ जितसपुरका अनिता आले मगर, वडा न. ४ शिद्धीपुरका ढाल बहादुर हमाल त्यस्तै दसखास्तकारुक्मा विकलाई पाँच हजार पाँचका दरले नगद सहयोग गरेको हो । यसैविच खाने पानीका पुर्व कर्मचारी बलदेव थारुलाई पनि पाँच हजार पाँचका दरले नगद सहयोग गरेको छ । त्यस्तै समयमै महशुल बुझाउने वडा न. ४ डुगहवाका गंगा खड्का लाई संस्थाले सम्मान गरेको हो ।
कार्यक्रममा संस्थाको आगामी कार्यक्रम तथा योजना अध्यक्ष राजकुमार खाँणले प्रस्तुत गर्नुभएको थियो । समितिका सचिव बुद्ध शाहीले वार्षिक प्रगति प्रतिवेदन, कोषध्यक्ष नमुना पौडेलले आर्थिक प्रतिवेदन, लेखा संयोजक कृष्ण बहादुर शाहीले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
समितिका अध्यक्ष राजकुमार खाँणको अध्यक्षता, संघिय खानेपानी प्रमुख विनोद भुजेलको विशिष्टा आतिथ्यतामा आईतवार समितिको प्राङ्गगणमा कार्यक्रम सम्पन्न भएको हो ।








प्रतिक्रिया