प्रदेश

३ महिलाको हत्या गर्ने सिंह दम्पती पक्राउ




अर्घाखाँची, २४ पुस । अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्धरूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने काम गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो ।

यी दम्पतीले यही यही पुस १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका १० बहखोरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका ५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका ४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताउनुभयो ।

श्रीमतीसँग मिलेर हत्या गरेको सुशान्तले बताएपछि उनकी श्रीमती शितगंगा नगरपालिका १० सिद्धाराकी २२ वर्षीया शिवा परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा गरी तीन जना महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने सिंह दम्पतीलाई प्रहरीले आज आइतवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । उनीहरूलाई कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।

प्रकाशित : २४ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६