प्रदेश

लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी बन्ने पक्का



बुटवल २५ पुष । लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमाले पोलिटव्युरो सदस्य लिला गिरी हुने भएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरी सत्तारुढ दलहरु बीचको सहमतीसँगै ५ वर्षका लागि लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुने भएका हुन् । आइतबार भएको सत्ता साझेदार दलहरुको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंग्याएका छन् । दलहरुले आइतबार साँझ सातवटै प्रदेशको प्रमुख तीन पदको भागवण्डा टुंग्याएका हुन् ।
४ वटा प्रदेशमा ५ वर्ष पूरा कार्यकाल एक दलको नेतृत्व रहने छ भने बाँकी ३ प्रदेशमा आलोपालो गर्नेगरि सरकार र अन्य मुख्य पदमा भागवण्डा मिलाईएको छ । दलहरुको सहमति अनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा ५ वर्ष नै एकल नेतृत्वको सरकार बन्ने छ भने मधेश, बाग्मती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आलोपालो हुनेछ ।
सहमतिअनुसार प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भइसकेका छन् । सत्ता साझेदार दलहरु माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश १ मा माओवादी केन्द्रले सभामुख र एमालेले उपसभामुख लिने सहमति भएको छ । यी पदहरु ५ वर्षकै लागि तय गरिएको हो ।
गण्डकी प्रदेशमा एमालेले ५ वर्ष मुख्यमन्त्री चलाउनेछ भने सभामुख माओवादी र उपसभामुख एमालेले लिनेछ । त्यसैगरि लुम्बिनीमा पनि एमालेले ५ वर्षकै लागि मुख्यमन्त्री लिनेछ भने माओवादीले सभामुख र राप्रपाले उपसभामुख पाउने भएको छ । कर्णाली प्रदेशमा माओवादीले ५ वर्ष मुख्यमन्त्री पाउँदा एमालेले सभामुख र माओवादी केन्द्रले उपसभामुख पाउने छ ।
बैठकले गरेको सहमतिअनुसार मधेश प्रदेशमा जनता समाजवादी पार्टी ९जसपा० र जनमत पार्टीले मुख्यमन्त्रीमा आलोपालो गर्ने छन् । मधेशमा एमालेले ५ वर्षकै लागि सभामुख पाउँदा उपसभामुख जसपा र जनमत पार्टीले आलोपालो चलाउने छ ।
त्यसैगरि बागमती प्रदेशमा मुख्यमन्त्री र उपसभामुखमा माओवादी केन्द्र र एमालेको आलोपालो हुने छ । पहिलो चरणमा माओवादीले मुख्यमन्त्री लिनेछ भने एमालेले उपसभामुख लिनेछ । भागवण्डामा राप्रपाले भने सभामुख पाएको छ । सभामुख ५ वर्षकै लागि हुने सहमति भएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रबीच आलापालो हुने भएको छ । पहिलो चरणमा एमालेले मुख्यमन्त्री लिँदा माओवादीले सभामुख पाउनेछ । नेताहरुले नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख लिन प्रस्ताव गर्ने सहमति गरेका छन् । मुख्यमन्त्री कै दाबी गरेको उन्मुक्तिले यस सम्बन्धको कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

प्रकाशित : २५ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६