प्रदेश

तिलोत्तमामा सुरु भएको स्वस्थानी बर्तकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ माघ २२ सम्म चल्ने



रुपन्देही २५ पुष । रुपन्देहीको तिलोत्तमा ६ पश्चिम पहुनी स्थित मोक्षधाम सेवा आश्रममा स्वस्थानी बर्तकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ जारी रहेको छ । गत शुक्रवार देखि मोक्षधाम सेवा आश्रममा शिवपुराणमा आधारित ज्ञान महायज्ञ सुरु भएको हो । मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणी पाठकका अनुसार यस महायज्ञ वैदिक सनातन धर्म रक्षार्थ राष्ट्र शान्तीका निम्ती आयोजना भएको हो ।
महायज्ञ माघको २२ गते सम्म हुनेछ । एक महिनासम्म आयोजना हुने महायज्ञमा प्रत्येक दिन शिवपुराणका कथा, सत्संगका साथै अमृकुण्डमा शिव महाआरती हुने जानकारी महायज्ञ आयोजना समितीका सचिव वेद प्रसाद न्यौपानेले दिए । यस महायज्ञको प्रमुख कथा वाचक पण्डित प्रकाश तिवारी रहेका छन् । संस्थापक संरक्षक पण्डित इश्वर कृष्ण महाराज रहेको यस मोक्षधाम २०६६ सालमा स्थापना गरिएको हो ।
वैदिक धर्मको उन्नयन गर्ने उद्देश्यले पुराणमा उल्लेखित भारतका चारधाम जस्तै वद्रिनाथ, द्वारकाधिस, जग्गनाथ, रामेश्वरम, तथा नेपालका चारधाम विश्वनाथ ९पशुपतिनाथ०, रामजानकी धाम, मुक्तिनाथ, लुम्बिनी, पवित्र गगांहरु, सरोवरहरु र सागरहरुको जल भएको अमृतकुण्ड, वाल तथा बृद्धाश्रम, पुर्विय दर्शनको अनुशन्धान केन्द्र स्थापना र संचालन गर्ने मोक्षधामको परिकल्पना रहेको अध्यक्ष पाठक बताउछन् । ‘माधव सेवा र मानव सेवाको नाम, आठ धाम एकै ठाउँ’ भन्ने मुल नारा बोकी १२ वर्ष अघि स्थापनमा भएको मोक्षधाम सेवा आश्रमले हालसम्म राधाकृष्ण मन्दिर, पशुपतीनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, अमृतकुण्ड, बाल तथा बृद्धाश्रम भवन, अतिथिगृह सभाहल, मानवसेवा भवन निर्माण र पाचँ धामका मन्दिरहरुको जग सम्पन्न भएको जानकारी अध्यक्ष पाठकले दिए ।
मोक्षधाम सेवा आश्रम सुरु भएदेखि नै प्रत्येक वर्ष महायज्ञको आयोजना गर्दै आएको थियो । तर पछिल्लो तीनवर्ष यता कोभिडको कारणले कुनै पनि महायज्ञको कार्यक्रम भएको थिएन । यस वर्ष भने स्वस्थानी बर्तकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ सञ्चालन गरिएको छ ।

प्रकाशित : २५ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६