बुटवल २५ पुष । पाल्पामा ट्याक्टर दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु ४ त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना हुंदा रम्भा गाउँपालिका वडा नं १ हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको हो ।
ट्याक्टरमा सवार अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेपछि घाइते भएका थापाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।
२५ पुस २०७९, सोमबार
प्रतिक्रिया