ब्रेकिंग न्युज

भारतमा बस दुर्घटना अपडेटः मृतकको संख्या १४ पुग्यो, सबै नेपाली



धनगढी, २५ पुस । भारतबाट कैलालीतर्फ आइरहेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। भारतीय प्रहरीले दिएको जानकारी अनुसार भारतको उत्तराखण्ड प्रदेशस्थित लखनउ (उन्नाउ) मा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो। ज्यान गुमाउने सबै नेपाली हुन्।

मृतकमध्ये एक टीकापुर नगरपालिका–१ का चन्द्रबहादुर साउद रहेको र उनका परिवारका अन्य सदस्यले पनि ज्यान गुमाएको प्रहरीले जनाएको छ। उनीबाहेक मृतक अन्यको भने पहिचान खुल्न सकेको छैन।

बस भारतको गुजरातबाट नेपाली यात्रु लिएर टीकापुर आइरहेको थियो। बसलाई विपरीत दिशातर्फ जाँदै गरेको अर्को सवारीसाधनले ठक्कर दिएको भारतीय प्रहरीले बताएको छ। बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीको दाबी छ। बसमा नेपालीसँगै भारतीय नागरिक पनि सवार रहेको बुझिएको छ।

प्रकाशित : २५ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६