प्रदेश

पृथ्वी जयन्तीको अवसरमा राप्रपा कपिलवस्तुले राष्ट्रिय एकता दिवस मनाउने



कपिलवस्तु, २५ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले कपिलवस्तुमा पृथ्वी जयन्ती मनाउने भएको छ । जिल्लाको कृष्णनगरमा आयोजना हुने कार्यक्रम सम्पन्न पार्नका लागि राप्रपाले जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा ५१ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । यस्तै कृष्णनगर नगर सभापति जय प्रकाश गुप्ताको अध्यक्षतामा ११ सदस्यीय आर्थिक समिति गठन गरिएको राप्रपा कपिलवस्तुले जनाएको छ ।

नेपालको एकीकरणमा महत्त्वपूर्ण भूमिका खेलेका शाहको ३ सय १ औ जन्मजयन्ती पुस २७ गते पर्छ । शाहको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिन्छ । राप्रपाले जिल्लामा राष्ट्रिय एकता दिवसको साथै जन्मजयन्ती मनाउन लागेको हो ।

सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने चर्चा छ । राजसंस्था पुनः स्थापना, हिन्दुराष्ट्रको माग गर्दै राप्रपा गएको मंसिर ४ को आम निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।

प्रकाशित : २५ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६