कृषि

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा




काठमाडौ २५ पुस । सरकारले पुस २७ गते नेपाल एकीकरणका नायक बडामहाराजा पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो ।सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई शर्तका रुपमा अघि सारेका थियो । एमाले पनि यसमा सकारात्मक रहेकाले यो निर्णय सहज भएको हो । सरकारको न्युनतम साझा कार्यक्रममै सो प्रस्ताव गरिएको थियो । सोमबारको बैठकले सरकारको न्युनतम साझा कार्यक्रमलाई एक महिनाभित्र कार्यन्वयनको कार्ययोजना सहित लागू गर्ने निर्णय समेत गरेको एक मन्त्रीले बताएका छन् ।

प्रकाशित : २५ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६