कपिलवस्तु २६ पुस । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघको अध्यक्षमा बागलुङकी मना कुमारी केसी निर्विरोध निर्वाचित भएकी छन । संघको काठमाडौमा सम्पन्न १० औं वर्षिक साधारण सभा तथा अधिबेशनबाट केसीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र राजेन्द्र बस्नेतको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति निर्वाचित भएको हो ।
१३ सदस्यीय सञ्चालक समितिमा अध्यक्ष सहित बागलुङबाट ४ जना रहेका छन । खीमबहादुर कार्की , राम सुबेदी ,लक्ष्मी बोहोरा बागलुङबाट सञ्चालक समितिमा निर्वाचित भएका हुन ।यसै गरी केन्द्रिय सदस्यमा लुम्विनीवाट भेषराज पाण्डे , मेधराज गौतम आस्था केसी रहनु भएको छ । ५वटा प्रदेशवाट सदस्यमा प्रतिनिधित्व भएको छ २ वटा प्रदेशवाट पछि पूपर्त गरिनेछ ।
२६ पुस २०७९, मंगलबार
प्रतिक्रिया